बाटो सोध्ने बहाना, लुटपाट गर्ने योजना : यसरी प्रहरीको फन्दामा पर्‍यो कर्मा समूह

  • आइबार​ १७ साउन २०८३ ०३:०१ PM
काठमाडौं : गत असार १३ गते बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका–३१ शान्तिनगरमा होलसेल तरकारी पसलतर्फ जाँदै गरेकी एक महिलासँग मोटरसाइकलमा आएका दुई अपरिचित व्यक्तिले ‘पेप्सीकोला जाने बाटो कता हो ?’ भनेर सोधे। महिलाले बाटो देखाइदिइन्।