काठमाडौं उपत्यकाका विभिन्न स्थानमा महिला तथा वृद्धवृद्धाहरूलाई त्रसित बनाउँदै श्रृंखलाबद्ध रूपमा सुनका सिक्री लुटपाट गर्ने ’कर्मा समूह’ का नाइके र सदस्यहरूलाई प्रहरीले पक्राउ गरेको छ।जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी उक्त गिरोहका नाइके कर्मा तामाङसहित पाँच जनालाई नियन्त्रणमा लिएको जानकारी दिएको हो। विगत लामो समयदेखि काठमाडौंका सडकहरूमा ’चेन स्न्याचिङ’ (सिक्री लुटपाट) को आतंक मच्चाउँदै आएको यो समूहले विशेष गरी बिहान र बेलुकाको समयमा एक्लै ह