काठमाडौं । काठमाडौं उपत्यकासहित आसपासका जिल्लाहरुमा सुनका सिक्री तथा बहुमूल्य गरगहना लुटपाट गर्दै आएको ‘कर्मा समूह’ लाई प्रहरीले पक्राउ गरी सार्नजनिक गरेको छ । शनिबार राति प्रहरीले बुढानिलकण्ठको भाइरल रोडमा उक्त समूहका नाइके कर्मालाई गोली प्रहार गरी पक्राउ गरेको हो । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–४ घर भई काठमाडौंको बौद्ध बस्दै आएका ३४ वर्षीय कर्मालाई पक्राउ गर्न