काठमाडौं । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगरपालिका क्षेत्रमा जारी कर्फ्यू आदेश हटाएको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी सूचनाअनुसार गोलबजार नगरपालिका क्षेत्रमा आज साँझ ७ बजेदेखि कर्फ्यू आदेश हटाउने जनाइएको हो। जिल्लाको पछिल्लो सुरक्षा अवस्थाको विश्लेषणपछि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यू लगाइएको थियो ।