वासिङ्टन डीसी । संयुक्त राज्य अमेरिकाको इडाहो राज्यको ट्विन फल्स सहरस्थित ‘इन–एन–आउट बर्गर’ रेस्टुरेन्टमा शनिबार भएको गोलीकाण्डमा परी ३ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । स्थानीय अधिकारीका अनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ । ट्विन फल्स सहरका सार्वजनिक सूचना संयोजक जोशुआ पाल्मरका अनुसार प्रहरीले रेस्टुरेन्ट नजिकैको क्षेत्रमा गोली चलाउने आशङ्का गरिएका व्यक्तिको शव फेला पारेको छ । यद्यपि, मृत्यु हुने तीन जनामध्ये ती व्यक्ति समावेश छन् वा छैनन् भन्नेबारे तत्काल पुष्टि भएको छैन । ट्विन फल्सका प्रहरी प्रमुख म्याथ्यु हिक्सले पत्रकार सम्मेलनमा घटनापछि समुदायमाथिको तत्कालीन जोखिम टरेको ... The post इडाहोको रेस्टुरेन्टमा गोली चल्दा ३ जनाको मृत्यु, ७ जना घाइते appeared first on Kalika Khabar.