जनकपुरधाम : गृहमन्त्री सुधन गुरुङ र संयुक्त हिन्दू मोर्चाबीच जारी विरोध प्रदर्शन साम्य पार्न मौखिक सहमति भएको छ। सुनसरी घटनापश्चात् मधेसमा चर्किएको प्रदर्शन रोक्न गृहमन्त्री गुरुङ र मोर्चाबीच मौखिक सहमति भएको हो। सहमतिसँगै सबै समूहले आन्दोलनका कार्यक्रम हालका लागि फिर्ता लिएको घोषणा गरेका छन्। सरकारले पनि मोर्चाले राखेका मागहरू पूरा गर्ने आश्वासन दिएको छ। तर, नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने उनीहरूको मुख्य मागमा कुनै लिखित सहमति नभएको रास्वपा नेता एवं प्रतिनिधिसभा सदस्य मनिष झाले जा