काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले डिजिटल अर्थतन्त्रको विकास र विस्तारका लागि सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्नुपर्ने बताएका छन् । आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘डिजिटल इकोनोमीः स्थानीय रोजगारी र पहुँच विश्वबजार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै थापाले सरकारले यस क्षेत्रमा स्पष्ट महत्वाकांक्षी योजना बनाउनुपर्ने र निजी क्षेत्रको क्षमतामाथि भरोसा गर्नुपर्ने बताएका