काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा चोरी तथा सिक्री लुटपाट गर्दै आएको ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार पत्रकार सम्मेलन गर्दै सिन्धुपाल्चोकका ३४ वर्षीय कर्मा तामाङ, काभ्रेका प्रतिमान गोले, पासाङ घिसिङ, मनोज तामाङ र कास्कीका आले गुरुङलाई सार्वजनिक गरेको हो । जिल्ला प्रहरी परिसर