काठमाडौँ । काठमाडौँमा ‘फोटोग्राफी’ तथा ‘फोटो भिडियो पत्रकारिता’ सम्बन्धी १ महिने तालिम सम्पन्न भएको छ । काठमाडौँ महानगरपालिकाले ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ र ‘रचनात्मक सहर’ कार्यक्रम अन्तर्गत चलचित्र विकास वोर्डसँगको सहकार्यमा सञ्चालन गरेको तालिममा ३५ जना प्रशिक्षार्थी सहभागी हुनुहुन्थ्यो । तालिम सञ्चालन गर्न गएको बैशाख १५ गते बोर्ड र महानगरपालिकाको सामाजिक विकास विभाग बिच सम्झौता भएको थियो । तालिम समापन अवसरमा काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहाल (डि