थाइल्याण्डबाट नेपाल ल्याइएको ११ किलोग्राम गाँजासहित तीन भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको पञ्जाब, लुधियाना निवासी ३० वर्षीय सोनी, २३ वर्षीय जागरुप सिंह तथा हरियाणा, कैथल निवासी २२ वर्षीय साहिल रहेका छन्। प्रहरीको लागू औषध नियन्त्रण ब्युरोका अनुसार लागू औषध तस्करीमा संलग्न हुन सक्ने शंकास्पद यात्रुको प्रोफाइलिङ गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा