इन्डोनेसिया : इन्डोनेसियामा समुद्रको बीचमा एउटा फेरी (जहाज) मा आगलागी हुँदा ठूलो दुर्घटना भएको छ । अधिकारीहरूका अनुसार फेरीमा सवार ५ जनाको मृत्यु भएको छ भने ४१ जना अझै बेपत्ता छन् ।राष्ट्रिय खोज तथा उद्धार एजेन्सी (बसरनास) का अनुसार उक्त फेरीमा कुल २७१ जना यात्रु सवार थिए । यो जहाज पूर्वी जाभाको सुराबायाबाट दक्षिण सुलावेसीको मकासारतर्फ जाँदै थियो । यात्राका क्रममा मदुरा द्वीप नजिकै फेरीमा आगलागी भएको थियो । त्यसपछि कप्तानले घटनाबारे अधिकारीहरूलाई जानकारी दिएका थिए ।स्थानीय सञ्चारमाध्यममा सार्वजन