काठमाडौँ । चलचित्र विकास बोर्डले हलभित्र कुनै पनि चलचित्रको भिडियो वा अडियो रेकर्डिङ नगर्न आग्रह गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै बोर्डेले अनधिकृत रेकर्डिङ गर्ने जो-कोहीलाई पनि प्रचलित कानुनबमोजिम कारबाही हुने बताइएको छ । ‘चलचित्र निर्माण ठूलो लगानी, दीर्घकालीन परिश्रम, सृजनशीलता तथा हजारौँ चलचित्रकर्मीहरूको सामूहिक योगदानको परिणाम हो ।’ विज्ञप्तिमा उल्लेख छ ।