काठमाडौँ । भेट्रान्स फोर्टी क्लबको आयोजनामा कर्पोरेट क्रिकेट लिग (सीसीएल) को तेस्रो संस्करण आगामी भदौ १८ देखि २१ गतेसम्म सञ्चालन हुने भएको छ। बुढानीलकण्ठस्थित रोयल स्पोर्ट्स पार्क, चुनिखेलमा हुने प्रतियोगितामा विभिन्न संस्थागत क्षेत्रका २० कर्पोरेट टोलीको सहभागिता रहने आयोजकले जनाएको छ। आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको औपचारिक घोषणा गर्दै आयोजकले सहभागी टोलीलाई चार समूहमा विभाजन गरिने