सवारी दुर्घटनामा ८ जनाको मृत्यु, ९० जना घाइते

  • आइबार​ १७ साउन २०८३ ०९:४४ AM
काठमाडौँ : देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ भने ९० जना घाइते भएका छन् । आइतबार दिउँसो नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार ललितपुर, काठमाडौं, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, कपिलवस्तु, कैलाली र रुपन्देहीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको हो । साथै, कोशीमा ९, मधेशमा १३, काठमाडौंमा १०, बागमतीमा ६, गण्डकीमा १, लुम्बिनीमा १३, कर्णालीमा २ र सुदूरपश्चिममा १७ गरी ९० जना सवारी दुर्घटनामा घाइते भएका प्रहरीको विवरणमा उल्लेख छ । The post सवारी दुर्घटनामा ८ जनाको मृत्यु, ९० जना घाइते appeared first on Kalika Khabar.