इनरुवामा जनजीवन सामान्य बन्दै, सवारीसाधन र पसलहरू खुल्न थाले
आइबार १७ साउन २०८३ ०९:३० AM
इनरुवा : सुनसरीको सदरमुकाम इनरुवाको जनजीवन बिस्तारै पूर्ववत् हुन थालेको छ। केही दिनयता देखिएको असहज अवस्था तथा बन्द–हडतालको प्रभाव कम हुँदै जाँदा बजार क्षेत्रमा पुनः चहलपहल बढ्न थालेको हो। बजारमा रोकिएका सवारीसाधनहरू पुनः सञ्चालनमा आएका छन्।