परासी : नवलपरासीका सीमावर्ती बजार क्षेत्रबाट भारततर्फ ग्यासको कालोबजारी हुने गरेको पाइएको छ । नेपालका केही जिल्लामा ग्यास अभाव भएको गुनासो आइरहेका बेला नवलपरासीको महेशपुर, पाल्हीन्नदन, सरावल, प्रतापपुरलगायतका सीमावर्ती क्षेत्रका बजारबाट नेपाली ग्यास भारतीय उपभोक्तालाई महँगो मूल्यमा बिक्री भइरहेको गुनासो आएको छ । नेपाली उपभोक्ता जाँदा ‘ग्यास छैन’ भन्ने तर भारतबाट आएका ग्राहकसँग बढी रकम लिएर ग्यास उपलब्ध गराउने गरेको महेशपुरका एक उपभोक्ताले बताएका छन् । भारतीय बजारमा समयमै ग्यास उ