काठमाण्डु – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक साउन २४ गते बस्ने भएको छ । पार्टीका कायममुकायम मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी सूचनाअनुसार बैठक साउन २४ गते आईतबार दिउँसो १ बजे ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपीनगरमा आयोजना गरिनेछ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको अनिवार्य उपस्थितिका लागि निर्देशनअनुसार अनुरोध गरिएको पार्टीले जनाएको