काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले नयाँ पुस्तामा इतिहासप्रति सम्मान र अग्रजहरूको योगदानको मूल्यांकन गर्ने संस्कार हराउँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । आइतबार तुल्सीलाल अमात्यको २९औँ स्मृति दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै नेपालले मुलुक निर्माणमा योगदान दिएका व्यक्तित्वहरूको सम्मान गर्न नसक्ने अवस्था आउनु लाजमर्दो भएको बताएका हुन्