सिक्री लुटपाट गर्ने ‘कर्मा समूह’का नाइकेसहित ५ जना पक्राउ

  • आइबार​ १७ साउन २०८३ १०:०३ AM
काठमाडौं । काठमाडौं उपत्यकामा सिरियल रूपमा सुनका सिक्री तथा बहुमूल्य गरगहना लुटपाट गर्दै आएको भनिएको ‘कर्मा समूह’का नाइकेसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उक्त समूहले महिला तथा वृद्धाहरूलाई लक्षित गरी सिक्री लुटपाट गर्ने गरेको पाइएको छ । प्रतिकार गर्न खोजे घाँटी थिच्ने, कुटपिट गर्ने र घाइते बनाउने गरेको