इराक र टर्कीबीच सेहान बन्दरगाह हुँदै तेल निर्यात गर्ने सम्झौता

  • आइबार​ १७ साउन २०८३ ०९:०० AM
बग्दाद : इराकले टर्कीसँग इराक–टर्की पाइपलाइनमार्फत कच्चा तेल टर्कीको सेहान बन्दरगाहसम्म ढुवानी गरी निर्यात गर्ने एक वर्षे सम्झौता गरेको छ । इराकको तेल मन्त्रालयले शनिबार यसबारे जानकारी दिएको हो । मन्त्रालयका अनुसार सम्झौताअन्तर्गत इराकले उक्त पाइपलाइनमार्फत दैनिक कम्तीमा सात लाख ५० हजार ब्यारेल कच्चा तेल निर्यात गर्नेछ । इराकी तेलमन्त्री बासिम मोहम्मद खुदैरले सम्झौता कार्यान्वयनका लागि दुवै देशका सम्बन्धित कम्पनीले काम सुरु गर्ने बताएको छ । इराकी प्रधानमन्त्री अली अल–जैदीले सामाजिक सञ्जाल ‘एक्स’ मा दुवै देशले तेल, विद्युत्, जलस्रोतलगायत आपसी हितका क्षेत्र समेटिएको विस्तृत सहकार्यको ढाँचा तयार गर्ने प्रक्रियालाई अघि बढाउने बताएको ... The post इराक र टर्कीबीच सेहान बन्दरगाह हुँदै तेल निर्यात गर्ने सम्झौता appeared first on Kalika Khabar.