रुकुम पूर्व : रुकुम पूर्वको भूमे गाउँपालिका–३ स्थित सिमा गाउँमा कृषि संस्कृति, धार्मिक आस्था र सामाजिक एकताको प्रतीक मानिने परम्परागत हरेली पूजा यस वर्ष पनि श्रद्धापूर्वक सम्पन्न गरिएको छ । धानबाली संरक्षण, प्राकृतिक विपत्तिबाट बचाउ, गाउँमा सुख–समृद्धि कायम रहोस् भन्ने कामनासँगै सन्तान, योग्य जीवनसाथी, विद्या, धन र समृद्धिका लागि वरदान माग्ने अनौठो परम्परा यहाँ आज पनि जीवित रहेको छ ।पुस्तौंदेखि चलिआएको परम्पराअनुसार असार महिनाभित्र धान रोपाइँ सम्पन्न भएपछि साउन १५ देखि २० गतेभित्र पर