काठमाण्डु– परराष्ट्र मन्त्रालयले पाकिस्तानको विश्वको १२औँ अग्लो हिमाल ब्रोड पीक आरोहणका क्रममा भएको विनाशकारी हिमपहिरोमा परी निधन भएकामध्ये कीर्तिमानी आरोही निर्मल पुर्जासहित चार नेपालीको शव नभेटिएको जनाएको छ । मन्त्रालयले आइतबार ‘प्रेस नोट’ जारी गर्दै हालसम्म नेपाली आरोहीमध्ये पुरबहादुर गुरुङ ‘युक्ता’ र ग्यालु शेर्पाको मात्र शव फेला परेको जानकारी दिएका हुन् । परराष्ट्रका अनुसार बाँकीको