मोरक्कोको राष्ट्रिय दिवसमा प्रदर्शनी

  • आइबार​ १७ साउन २०८३ ०१:५२ PM
काठमाडौँ । मोरक्कोको राष्ट्रिय दिवसका अवसरमा यहाँस्थित उक्त मुलुकको वाणिज्य दूतावासमा सो देशको राष्ट्रिय झण्डा फहराइयो ।  आज यहाँ आयोजित कार्यक्रममा नेपाल तथा भारतका लागि मोरक्कोका राजदूत मोहम्मद मलिकी  र वाणिज्यदूत मेघा चौधरीले संयुक्त रूपमा झण्डा फहराए । त्यस अवसरमा शिष्टाचार महापाल कुमार खरेलले नेपाल–मोरक्को कूटनीतिक सम्बन्धबारे चर्चा गर्दै व्यापार, पर्यटन, लगानी तथा सांस्कृतिक आदानप्रदानका माध्यमबाट पारस्परिक सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरे ।      राजदूत मलिकीले मोरक्को र नेपाल सम्बन्धलाई अझ उन्नत तुल्याउन आफू क्रियाशील रहेको बताए । यसै अवसरमा मोरक्कोको कलासंस्कृतिबारे जानकारी दिने उद्देश्यले ललितपुरमा एकदिवसीय प्रदर्शनी पनि आयोजना गरिएको छ । प्रदर्शनीमा मोरक्कोका परिकार, माटाका परम्परागत सामग्री , त्यहाँका प्रमुख पर्यटकीय गन्तव्यसम्बन्धी परिचयपुस्तिकालगायत वस्तु राखिएका छन् ।