काठमाण्डु– सप्तरीको राजविराजमा शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) सप्तरीले सद्भाव र्याली निकालेको छ । सुनसरीको कप्तानगञ्जमा भएको घटनाको विषयलाई लिएर धार्मिक तथा जातीय सद्भावमा खलल पुग्ने कुनै पनि कार्य गर्न नहुने सन्देश दिने उद्देश्यले सो र्याली आयोजना गरिएको हो । ‘सामाजिक सद्भाव कायम गरौं, आपसी भाइचारा सम्बन्ध स्थापित गरौं र एकअर्कालाई सम्मान गरौं’