राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

  • आइबार​ १७ साउन २०८३ ०७:५३ AM
राजविराज । सप्तरी जिल्ला प्रशासन कार्यालयले राजविराज नगरपालिका र बोदेबरसाइन नगरपालिकाका जारी कर्फ्यु हटाएर निषेधाज्ञा लागू गरेको छ । प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाद्वारा जारी सूचनाअनुसार जिल्ला सुरक्षा समितिको आजको बैठकबाट उक्त स्थानमा निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो । दुवै नगरपालिकामा पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन, सभा, जुलुस, धर्ना तथा प्रदर्शन गर्न नपाइने