बिदाको दिनमा पनि किन भरिभराउ भयो राहदानी विभाग ?

  • आइबार​ १७ साउन २०८३ ०७:४३ AM
काठमाडौं । सार्वजनिक बिदाको दिनमा समेत राहदानी विभागमा ई–पासपोर्ट बनाउने सेवाग्राहीको भीड लागेको छ । दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) आवेदनका लागि राहदानी बनाउन आउनेको संख्या एक्कासी बढेपछि विभागले शनिबार र आइतबार पनि सेवा सञ्चालन गरेको हो। विभागका अनुसार सार्वजनिक बिदाको दिन बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म राहदानी सेवा उपलब्ध गराइएको छ। ईपीएस