चितवन । जेनजी आन्दोलनमा फरार एक कैदीबन्दी भरुवा बन्दुकसहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले राप्ती नगरपालिका–११ थाकलटारका ४५ वर्षीय आइतसिंह लामालाई पक्रउ गरेको हो । प्रहरीका अनुसार उनलाई आज बिहान घरबाटै पक्राउ गरिएको हो । लामा जेनजी आन्दोलनको क्रममा भरतपुर कारागारबाट भागेका थिए । पक्राउ परेका लामा एक सिङ्गे गैँडा मारी वन्यजन्तुसम्बन्धी कसुर गरेको मुद्दामा १५ वर्ष कैद र १० लाख रुपैयाँ जरिवाना तोकिएका सजाय भुक्तान गरिरहेका कैदी हुन् । पक्राउ परेका लामामाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक चन्द्रभुषण यादवले जानकारी दिए । The post जेनजी आन्दोलनमा फरार कैदी बन्दुकसहित पक्राउ appeared first on Kalika Khabar.