अपरेसनपछिको तेस्रो दिन ५२ वर्षीया राममाया तामाङले मलाई सोधिन्– ‘डाक्टरसाब, तपाईंले साँच्चिकै मेरो पाठेघर निकालिदिनुभएको हो नि ?’ गाउँघरतिर पाठेघर निकाल्न ठूलो घाउ बनाउनुपर्छ भनेर सुनेकी राममायाले पेटमा तीन–चारवटा स–साना प्वाल (ह्यान्डिप्लास्ट टाँसिएको) देखेपछि अपरेसन नै गरेको छैन कि भनेर धक मानेकी रहिछन्। पछि चित्र कोरेर उनको चित्ता बुझाइदिएँ।अपरेसन गरेको भोलिपल्ट राउन्ड गर्न गएको पोस्टअपरेटिभ वार्डको दुई नम्बर बेड खाली नै देखेँ। साइडको बेन्चमा एक जना अधबैंसे महिला