पर्यटक बोकेको विमान दुर्घटनाग्रस्त, पाइलटसहित सबै १३ जनाको मृत्यु

  • आइबार​ १७ साउन २०८३ ०१:०१ PM
पेरु : युरोपेली पर्यटकलाई विश्वप्रसिद्ध नाज्का लाइन्स अवलोकन गराउन लैजाँदै गरेको एउटा विमान पेरुको नाज्का शहर बाहिरको खेतमा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार १३ जनाको मृत्यु भएको छ । नाज्का नगर प्रशासनका अनुसार विमानले शनिबार नजिकैको इका शहरबाट उडान भरेको थियो ।उक्त विमान पेरुको विमान सेवा कम्पनी एरोडियानाले सञ्चालन गरिरहेको थियो । कम्पनीले आफ्नो वेबसाइटमा विगत १४ वर्षदेखि सेस्ना ग्रान्ड क्याराभान विमानमार्फत पर्यटकलाई हवाई मार्गबाट ऐतिहासिक तथा पुरातात्विकस्थल नाज्का लाइन्स अवलोकन गराउँदै आएको ज