काठमाण्डु– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आर्थिक वर्ष २०८३/८४ लाई नेपालको दूरसञ्चार क्षेत्रको रूपान्तरणको वर्षका रूपमा अघि बढाइने घोषणा गरेका छन्। उनले चालू वर्ष नागरिकले प्रत्यक्ष अनुभूति गर्ने सुधार, गुणस्तरीय र भरपर्दो सेवा, आधुनिक दूरसञ्चार पूर्वाधार, सुदृढ सार्वजनिक सञ्चार प्रणाली तथा परिणाममुखी कार्यसम्पादनमार्फत सञ्चार क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने लक्ष्य लिइएको जानकारी गराएका हुन्। फेसबुकमार्फत्