काठमाण्डु – नेपालको विरोधकाबीच भारत र चीनले नेपाली भूमि लिपुलेकको बाटो हुँदै सीमा व्यापार पुनः सुरु गरेका छन् । नेपालले लिपुलेक आफनो भूमी बताइरहेको बेला भारत र चीनले सीमा व्यापार पुनः सुरु गरेका हुन् । भारतको उत्तराखण्डको लिपुलेक दर्रा र सिक्किमको नाथु ला दर्रा हुँदै भारत र चीनबीच पुनः सीमा व्यापार सुरु भएको छ ।