गृहमन्त्री सुधन गुरुङले मुलुकमा अब कुनै पनि प्रकारको धार्मिक द्वन्द्व हुन नहुने बताएका छन् । धनुषामा हिन्दु सम्राट सेना लगायतका आन्दोलनकारी पक्षसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग बोल्दै गृहमन्त्री गुरुङले यस्तो बताएका हुन् । सबै नागरिक आपसी मेलमिलापका साथ बस्नुपर्नेमा जोड दिए । उनले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्नु सबैको साझा दायित्व भएको बताए । छलफलका