गाजामा रातभर इजरायली आक्रमण, ८ जनाको मृत्यु

  • आइबार​ १७ साउन २०८३ ०५:४३ AM
काठमाडाैँ । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति जनाएको दाबी गरे पनि गाजामा इजरायली आक्रमण जारी रहेको छ । शनिबार रातभर भएका आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । हमासले शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेको योजनामा सहमति जनाएको थियो । उक्त योजनामा हतियार हस्तान्तरण तथा गाजा क्षेत्रबाट इजरायली सेनाको क्रमिक फिर्तीसम्बन्धी प्रावधान समावेश छन् । यद्यपि, इजरायलले यसबारे औपचारिक प्रतिक्रिया दिएको छैन । इजरायली राजनीतिक स्रोतलाई उद्धृत गर्दै एएफपीले हमासको ‘पूर्ण निशस्त्रीकरण’ नभएसम्म सेनाको कुनै पनि प्रकारको फिर्ती नहुने जनाएको छ । गाजाको नागरिक सुरक्षा ... The post गाजामा रातभर इजरायली आक्रमण, ८ जनाको मृत्यु appeared first on Kalika Khabar.