किन हुन्छ डिम्ब तस्करी ?

  • आइबार​ १७ साउन २०८३ १२:०१ PM
काठमाडौं : गत असार १४ गते ललितपुरको ग्वार्कोस्थित बी एन्ड बी आईभीएफमा लगेर १७ वर्षीया नाबालिगको डिम्ब निकालिएको छ। कक्षा ११ मा पढ्ने ती नाबालिगलाई एजेन्टमार्फत पैसाको प्रलोभन दिएर डिम्ब बेच्नका लागि तयार गरिएको थियो। स्त्रीरोग विशेषज्ञ डा. नूतन शर्माको टोलीले किशोरीको डिम्ब निकालेको थियो। परिवारलाई थाहा नदिई डिम्ब निकाल्नका लागि राजी भएकी किशोरीको डिम्ब निकालेपछि अनेक समस्या आएर बिरामी परेकी थिइन्। अनि मात्रै यो विषय उनका आफन्त हुँदै प्रहरीसम्म पुगेको थियो।जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता