अस्पतालमा सामान्य मात्र नभई गम्भीर अवस्थाका बिरामी पनि उपचार गर्न आउँछन्। गम्भीर अवस्थाका बिरामीलाई विशेष निगरानीमा राखेर उपचार गराउनुपर्ने भएकाले ठूला अस्पतालहरूमा सघन उपचार कक्ष (आईसीयू) को व्यवस्था हुन्छ। त्यस्तै अस्पतालहरूमा नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू) को पनि उत्तिकै अत्यावश्यकता पर्छ।जन्मिनेबित्तिकै वा दुई महिनामुनिका बालबालिकालाई राख्ने ठाउँलाई नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू) भनिन्छ। यो जटिल र गम्भीर अवस्थाका शिशुहरूलाई २४ सै घण्टा चिकित्सकको प्रत्यक्ष निगरानीमा राखेर उपचार ग