ट्रम्पको हमास निशस्त्रीकरण योजनाबीच पनि इजरायलको आक्रमण, गाजामा आठको मृत्यु

  • आइबार​ १७ साउन २०८३ १२:०१ PM
इजरायल : इजरायली सेनाले गाजा पट्टीका विभिन्न स्थानमा गरेको आक्रमणमा कम्तीमा आठ जना प्यालेस्टिनीको मृत्यु भएको छ । आइतबार मारिनेहरूमध्ये देइर अल–बलाहको दक्षिणी क्षेत्रमा रहेको एउटा अपार्टमेन्टमा इजरायली हेलिकप्टर आक्रमणबाट मारिएका एक पुरुष र एक महिला पनि रहेका छन् ।प्यालेस्टिनी नागरिक सुरक्षाका अनुसार गाजाका अन्य क्षेत्रमा भएका छुट्टाछुट्टै आक्रमणमा पनि धेरै मानिस मारिएका छन् । खान युनिसमा तीन जना र गाजा सिटीको पुरानो सहर क्षेत्रमा एक जनाको मृत्यु भएको बताइएको छ । यी आक्रमणहरू अमे