‘तीन तीघ्रे क्या बिग्रे’मा प्राविधिकलाई अनिवार्य साप्ताहिक बिदा

  • आइबार​ १७ साउन २०८३ ०६:०३ AM
काठमाडौँ । नेपाली चलचित्र क्षेत्रमा प्राविधिकहरूको श्रम अधिकार र हप्तामा एक दिन नियमित बिदाको विषय बेला–बेलामा उठ्ने गरे पनि यसलाई औपचारिक रूपमा कार्यान्वयन गर्ने अभ्यास भने विरलै देखिएको छ । छायांकनको व्यस्त तालिका, लामो कार्यसमय र पारिश्रमिकका मुद्दाबीच प्राविधिकहरूको आराम र पारिवारिक समयको आवश्यकता प्रायः ओझेलमा पर्ने गरेको छ । यही अवस्थालाई मध्यनजर गर्दै रघुजी