काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा एक हजार ८०० र चाँदी ४५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ३१५ रुपैयाँ कायम भएको छ ।