काठमाडौं : आकर्षक तलवमा रोजगारीका लागि विदेश पठाई दिन्छु भन्दै रकम ठगीको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौंको तारकेश्वर नगरपालिका–३ बस्ने बारा घर भएका ३३ वर्षीय सागर उप्रेती र रूपन्देही घर भएका ४५ वर्षीय कृष्ण कुमार उपाध्याय रहेका छन् ।पक्राउमध्ये सागरले फ्रान्स पठाइ दिन्छु भन्दै एक जना पीडितबाट ९ लाख रूपैयाँ र कृष्ण कुमारले रोमानिया पठाइ दिन्छु भन्दै एक जना पीडितबाट ४ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान