सुर्यले अझै पहाडको टुप्पो नाघिसकेको थिएन। बिहानको चिसो हावाले मन्दिरको आँगनभरि रातभर झरेका पारिजातका फूलहरूलाई हल्लाइरहेको थियो। धूपको हल्का गन्ध, बिस्तारै हराउँदै गएको घण्टीको प्रतिध्वनि र शिवलिंगमाथि निरन्तर झरिरहेको जलधाराले त्यहाँ यस्तो मौनता रचेको थियो, जसलाई शब्दले होइन, केवल अनुभूतिले सुन्न सकिन्थ्यो। म त्यही मौनताको छेउमा उभिएको थिएँ। श्रद्धालुहरू फर्किसकेका थिए।कसैले चढाएका राताम्मे गुराँसहरू ओइलाउँदै थिए। एउटी वृद्धा हातमा कुचो लिएर मन्दिरको आँगन बढार्दै थिइन्। उनको चालमा कुनै हत