काभा च्याम्पियन्स लिग भलिबल नेपालमा हुने

  • आइबार​ १७ साउन २०८३ ०४:५८ AM
काठमाण्डु – काभा च्याम्पियन्स महिला लिग भलिबल नेपालमा हुने भएको छ । यो लिग आगामी कात्तिक १५ देखि २१ गतेसम्म नेपालमा आयोजना हुने भएको हो । नेपाल भलिबल संघको १४औँ पूर्ण बैठकले लिग नेपालमा गर्ने निर्णय गरेको संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिए । बैठकले संघको २०८३–८४ को वार्षिक कार्यक्रम पारित गर्दै त्यसलाई सार्वजनिक गर्ने