चितवन– प्रहरीले जेनजी आन्दोलनका क्रममा भरतपुर कारागारबाट भागेका एक कैदीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका–११, थाकलटारका ४५ वर्षीय आइतसिंह लामा छन् । चितवन प्रहरी प्रवक्ता डिएसपी चन्द्रभूषण यादवका अनुसार लामालाई आइतबार बिहान करिब ३ः१५ बजे निवासबाटै पक्राउ गरिएको हो । लामाको साथबाट एक थान भरुवा बन्दुक समेत बरामद गरिएको प्रहरीले जनाएको