नवलपुर । नवलपरासी (पश्चिम) को पाल्हीनन्दन गाउँपालिका २ हरपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडि सवार दुई जना घाइते भएका छन् । सिद्धार्थ सिटी अस्पताल, भैरहवामा उपचारको क्रममा मोटरसाइकल चालक भारतको कुशीनगर जिल्ला, रामकोला गाउँ घर भएका २५ वर्षीय विजय चौहानको उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार भारत घर भएका २३ वर्षीय सतिस कुमार चमार र रुपन्देहीको बुटवल उपमहानगरपालिका ३ वस्ने ३६ वर्षीय कमल रानाको उपचार भई रहेको छ । भारतीय नम्बर प्लेटको UP 57 BP 4162 नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई पल्टिएको र घटनाबारे थप ... The post तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते appeared first on Kalika Khabar.