काठमाडौं : काठमाडौंमा सिक्री लुटेर फरार रहेका एक जनालाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ। पक्राउ गर्ने क्रममा गोली प्रहार गरी नियन्त्रणमा लिइएको छ। साउन १६ गते राति १०:२५ बजे कर्मा तामाङलाई पक्राउ गर्न खोज्दा प्रहरीमाथि खुकुरीले आक्रमण गर्ने प्रयास गरेका थिए। प्रहरीका अनुसार आक्रमणको प्रयास गरेपछि तीन राउण्ड गोली प्रहार गरिएको हो।प्रहरीका अनुसार बुढानीलकण्ठ नगरपालिका- १३ चुनिखेलबाट सिक्री लुटपाट गरी फरार बन्न खोजेका थिए। घाइते अवस्थामा नियन्त्रणमा लिइएका तामाङको साथबाट घटनामा