बिउँझिनेछ बाँझो धरती

  • आइबार​ १७ साउन २०८३ १०:०१ AM
भनिन्छ, उत्पादन घट्यो, आयात बढ्यो र व्यापार घाटा बढ्यो। तर, उत्पादन बढाउन, खेतीको दायरा फराकिलो बनाउन, रासायनिक मलको विकल्प खोज्न र भएको उत्पादनको ब्रान्डिङ गर्न हामीले के गर्‍यौं  ?  वास्तवमा जमिनको पूर्ण उपयोग गर्न सकेनौं। पूर्व–पश्चिम राजमार्ग, मध्यपहाडी राजमार्ग र हिमाली राजमार्गको आसपासमा देखिने घाँसे मैदान, उर्वर बगर, फराकिला पाटन, उपत्यका, थली र उच्च हिमालको विश्वकै शुद्ध माटो जंगली झारले ढाकिएको छ। यसलाई उपयोगमा ल्याउन सकेमा नेपालले साँच्चिकै कृषि क्रान्ति गर्न सक्छ।व