काठमाडौं : काठमाडौंबाट खैरो हिरोइनसहित २ जना पक्राउ परेका छन्। महोत्तरीदेखि काठमाडौं आउँदै गरेको बसबाट आज बिहान सिरहा कर्जन नगरपालिका- ३२४ वर्षीय समिर लामालाई ३३ ग्राम लागुऔषध खैरो हिरोइनसहित पक्राउ गरिएको प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए। उनका अनुसार अनुसन्धानको सिलसिलामा उक्त लागु औषध रिसिभ गर्न आउने सिरहा त्रियुगा नगरपालिका-१२ का २८ वर्षीय जीवन लामालाई नागार्जुन नगरपालिका- १४ बाट पक्राउ गरी आवश्यक अनुसन्धान कारबाहीको लागी प्रहरी वृत्त थानकोट बुझाइएको छ।