काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि तत्कालका लागि हुने भनिएको सैन्य आक्रमण स्थगित गरिएको घोषणा गरेका छन्। आइतबार सामाजिक सञ्जाल 'ट्रुथ सोसल' मार्फत जानकारी दिँदै उनले दुई देशबिच सम्झौता वा सहमतिको रूपरेखा तयार भएकाले यो निर्णय लिइएको दाबी गरेका छन्।ट्रम्पका अनुसार अमेरिकाकहाँ दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा बलियो सैन्य शक्ति रहेको र इरानविरुद्ध कारबाहीका लागि टोली तयारी अवस्थामा रहेको थियो। तर इरान र मध्यपूर्वका केही अन्य देशहरूले सम्झौताको रूपरेखा तयार भइसकेकाले