काठमाण्डु – अमेरिकाले पर्यटक तथा व्यापारिक भिसाका लागि पाइलट बन्ड कार्यक्रमलाई स्थायी रूपमा लागू गर्ने भएको छ। पाइलट बन्ड कार्यक्रमलाई स्थायी रूपमा लागू भएपछि नेपालसहित ५० देशका नागरिकलाई अमेरिकी पर्यटक तथा व्यावसायिक भिसामा आवेदन दिँदा २० हजार अमेरिकी डलर अर्थात् ३० लाख नेपाली रुपैयाँभन्दा बढी धरौटी (बन्ड) राख्नुपर्ने समाचार संस्था रायटर्सले उल्लेख गरेको छ ।