प्रहरीमाथि खुकुरी प्रहारको प्रयासपछि चल्यो गोली, एकजना पक्राउ

  • आइबार​ १७ साउन २०८३ ०३:२१ AM
काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ क्षेत्रमा प्रहरीले गोली प्रहार गरी कर्मा तामाङलाई पक्राउ गरेको छ। चोरी तथा लुटपाटका घटनामा संलग्न रहेको आरोप लागेका तामाङलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार राति करिब १०ः२५ बजे तामाङलाई पक्राउ गर्न खोज्दा उनले साथमा रहेको खुकुरी प्रयोग गरी प्रहरीमाथि आक्रमण गर्ने प्रयास गरेका