म्यानमारमा तटबन्ध फुट्दा ६ हजार ७ सयभन्दा बढी विस्थापित

  • आइबार​ १७ साउन २०८३ ०४:०० AM
एजेन्सी । म्यानमारको एयारवाडी क्षेत्रमा पर्ने नवाउन नदीको तटबन्ध फुट्दा १ हजार ३ सय ३३ घरधुरीका कुल ६ हजार ७ सय ४७ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । लेम्येथना टाउनसिप प्रशासन टोलीले शनिवार यस बारे जानकारी दिएको हो । प्रशासनकाअनुसार गत बिहीबार स्यान्ड बोइल्स (बालुवाको उफान) र जमिन भासिएका कारण तटबन्ध फुटेको थियो ।